हिन्दु राज्य कायम गर्न महाभारतको युद्ध गर्न समेत तयार रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ

राप्रपा नेपालका अध्यक्ष कमल थापा ले हिन्दु राज्य कायम गर्न आवश्यक परे महाभारतको युद्ध गर्नसमेत आफूहरु तयार रहेको बताएका छन् ।
राष्ट्रियता तथा हिन्दु राज्य कायम गर्न दवाव दिन थालिएको रथयात्राको क्रममा सोमबार बुटवलमा सडकमै पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले  बहुसंख्यक जनताको चाहना हिन्दुराज्य हुँदाहुँदै पनि नाटकीय ढंगले हटाइएकाले पहिचानका लागि पुन महाभारतको युद्ध गर्नसमेत तयार रहेको दावी गरे ।
अध्यक्ष थापाले रथयात्राका क्रममा भएको जन सहभागिता र स्वागतले धर्म निरपेक्ष कागजमा लेखेपनि वास्तवीक रुपमा जनताले नस्वीकारेको प्रष्ट भएको जिकिर गरेका छन् ।
उनले योजनावद्ध रुपमा हिन्दु राज्य  र हिन्दुहरुप्रति लागेको बताउँदै उहाँले यसको विरोधमा जनजागरण आवश्यक रहेकोसमेत दावी गरे  । पुस २ गते जनकपुरबाट सुरु भएको रथयात्रा सोमबार लुम्बिनीबाट पोखरातिर प्रस्थान गरेको छ ।