मुलुकभर छरिएर रहेका गुरुङहरुको ल्होछार (नयाँ बर्ष) आइतवारदेखि सुरु

मुलुकभर छरिएर रहेका गुरुङहरुको ल्होछार (नयाँ बर्ष) आइतवारदेखि सुरु हुँदैछ । उपत्यकामा बसोबास गर्ने गुरुङहरुले टुँडीखेलमा बिशेष समारोहको आयोजना गर्दैछन् ।
गुरुङ समुदायले बर्ष गन्नको लागि मान्ने ल्हो पात्रो अनुसार १५ पुसका दिनदेखि नयाँ बर्ष सुरुहुने गर्दछ । त्यसैलको उपलक्ष्यमा उनीहरुले साँस्कृतिक तथा अन्य विविध किसिमका साताव्यापी कार्यक्रम गरेर ल्होछार मनाइ रहेका छन् ।
यही सिलसिलामा शनिबार दोहो प्रतियोगिता, परम्परागत खेल छेलो र मैत्रीपूर्ण फुटवलको आयोजना गरियो । यसैग गुरुङ सञ्चारकर्मी संघले आफ्नो मुखपत्रको गुरुङ स्मारिक र गुरुङ समुदायको समाचार पोर्टलको रुपमा गुरुङन्यूजडटकम पनि सार्वजनिक गरेको छ ।
पूर्व राजपरिषद् स्थायी समितिकी सदस्य भद्र घलेले शनिबार गुरुङ स्मारिका र गुरुङन्यूजडटकम को विमोचन गरेकी हुन् । उक्त अवसरमा घलेले समुदायको विकासका लागि सबै क्षेत्र र तहमा रहेकाहरुको योगदना जरु रहेका बताए ।
संघका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङलगायतका अतिथिहरु सहभागी थिए । 
खनालद्वारा ल्होसारको शुभकामना
एमाले अध्यक्ष झलनाथ खनालले तमु ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् । सर्प वर्गको यो वर्षले शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् । उनले स्वदेश र विदेशमा रहेका तमु समुदायका लागि सहमतिका साथ अघि बढ्ने दिशामा सहयोग गर्नसमेत अपिल गरेका छन् ।