– कृष्ण खनाल
बुटवल -। रुपन्देहीको आनन्दबन मणिग्राम स्थित सरस्वती मन्दिर बैदिकाश्रममा सञ्चालन गर्न लागिएको महायज्ञमा दुई हजार जनालाई आजिवन सदस्ता प्रदान गरिने योजना अंगाडी सारिएको छ ।
११ हजार १ सय ११ रुपंया दान गर्ने दानबिरलाई मन्दिर व्यबस्थापन समितीले आजिवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । सो मन्दिर पुनः निर्माणका आगि आर्थिक संकलन गर्ने उद्देश्यले यहि माघको २२ गते देखि ४६ औं महायज्ञ आयोजना गरिएको छ । जिल्लाकै ईतिहासमा पुरानो मानिने सो मन्दिरमा स्थापना काल देखिनै महायज्ञ हुँदै आएको छ ।
करिव २ हजार स्क्वायर फूटको सरस्वती मन्दिर र प्रवचन हल निर्माण गर्नका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सो महायज्ञमा २ हजार जनालाई आजिवन सदस्यता प्रदान गर्दा २ करोड २२ लाख बढी आर्थिक संकलन हुने र यज्ञबाट समेत ठूलै धनराशी संकलन गरी सो मन्दिर पुनः निर्माण गरिने मन्दिर व्यबस्थापन समितीका अध्यक्ष प्रेमनारायण देवकोटाले बताउनु भयो ।
आगामी माघको २२ गतेदेखि २९ गते सम्म सञ्चालन गर्न लागिएको ४६ औं श्रीमद् भागवत धनधान्याञ्चल ज्ञानमहायज्ञ संम्पन्न गर्नकालागि नारायण वञ्जाडेको संयोजकत्वमा मुल समिती गठन गरिएको छ । त्यस्तै बिभिन्न शिर्षकमा उपसमितीहरु गठन गरी तयारीका कामलाई विब्रता दिईएको संयोजक बञ्जाडेले बताउनु भयो ।