काठमाडौं । सहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा आज थिस्टार क्लवले मनाङ मस्र्याग्दी क्लवको सामना गर्नेछ । लिग लिडर थ्रिस्टार र चौथो स्थानको मनाङविचको भिडन्तले उपाधि दावेदारीलाई स्पष्ट पार्ने बताईएको छ ।
लिगमा सुपर आठ र रेलीगेशनको समिकरण पुरा भईसकेको छ । हिजोको खेलमा जावलाखेल युथ क्लवलाई हराएपछि नेपाल पुलिस क्लवले शिर्ष आठमा स्थान पक्का गरेको छ । हिजोको खेलमा पुलिसलाई जिताउन चेतन घिमिरेले निर्णायक गोल गरे ।
लिग तालिकामा सरस्वती युथ क्लव र पुलिसको समान २३-२३ अंक भए पनि यी दुई टोलीबिचको हेड टु हेडमा पुलिस अघि रहेका कारण सरस्वतीले सुपर लिग खेल्ने अवसर गुमाउनु परेको हो । जारी लिगमा पुलिसले सरस्वतीलाई ३-० ले हराएको थियो । हिजोको खेलपछि सुपर लिगको समिकरण पनि पूरा भएको छ । थ्रीस्टार, नेपाल आर्मी, मच्छिन्द्र, मनाङ्ग, न्युरोड टिम एनआरटी, रानीपोखरी कर्नर टिम आरसीटी, फ्रेन्ड्स र पुलिस सुपर लिगमा छनोट भएका छन् । यसैगरी, मध्यपुर युथ एसोसिएसन, बाँसबारी र बौद्ध फुटबल क्लव भने रेलिगेशनमा परेका छन् ।
rss