अर्घाखॉचीमा हात्तीपाईले रोग निवारण अभियान सुरु

– गणेश खनाल
अर्घाखॉची   । हात्तीपाईले रोग निवारण अभियान शनिवार देखि अर्घाखॉचीमा सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखॉचीले एक कार्यक्रमको आयोजना गरेर अभियानको सुरुवात गरेको हो । 
औषधी सेवनले स्वास्थ्यमा असर गर्छ भन्ने गलत प्रचारले गर्दा सबै नागरिक सहभागि नभएको भन्दै यस्तो भ्रमलाई चिर्नको लागि अहिले जिल्लामा रहेका जिम्मेवार व्यक्तिहरुलाई ओषधी खुवाएर अभियानको सुरुवात गरिएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखॉचीले जनाएको छ । स्थानीय विकास अधिकारी,प्रहरी नायव उपरिक्षक,जिल्ला वन कार्यालयका प्रमुख,पत्रकार लगायतले सामुहिक रुपमा औषधी खाएर अभियानको उद्घाटन गरेका हुन् ।  
सरकारले पहिलो चरणमा ३७ र दोस्रो चरणमा १९ गरी ५६ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि वितरण गर्ने जनाएको छ । परजीवीबाट सङ्क्रमित हुने लामखुट्टेलेको टोकाइबाट सर्ने हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न जिल्ला स्वास्थ्य कार्यालय अर्घाखॉचीले सम्पूर्ण सर्वसाधारणलाई आग्रह गरेको छ । 
औषधि वितरणका लागि कार्यलयले जिल्ला भरका स्वास्थ्यकर्मी परिचालन गरेको छ । पहिलो चरणको औषधि वितरण कार्यक्रम सोमवार सम्म सन्चालन हुने र दोस्रो चरणको कार्यक्रम फागुन ५ देखि ७ गतेसम्ममा हुने जनाईएको छ । अर्घाखॉचीमा २ हजार मानिसमा हात्ती पाईले रोगका जिवाणु रहेको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर यम बहादुर बस्नेतले जानाकारी दिनुभयो । यो ओषधी सरकारले निशुल्क रुपमा उपलव्ध गराएको छ । ६ वर्षे अभियान अन्तगत अहिले चौथौ पटक ओषधी सेवन गराईएको हात्तिपाईले रोगका जिल्ला संयोजक तिलक महत्राले बताउनुभयो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 

अन्य समाचारहरु