बुटवल सिद्धार्थमा खेल सप्ताह सम्पन्न

– कृष्ण खनाल 
बुटवल  । शंकरनगर ६ मा रहेको सिद्धार्थ बोडिङ्ग स्कुलमा जारी खेल सप्ताह शुक्रबार सम्पन्न भएको छ । खेल सप्ताहको अन्तीम दिन विभिन्न सास्कृतिक तथा अन्र्तरसदनात्मक खेलकुल क्रियाकलापहरु सम्पन्न भएका छन । शुक्रबार भएको कार्यक्रममा कुर्ची दौड, क्रस कन्ट्री, डोरी तान्ने, भलिवल प्रतियोगीता र घटौ फुटाउने प्रतियोगीता सम्पन्न भएका छन । प्रतियोगीतामा डेल्टा, चार्ली सदन क्रमस प्रथम र द्धितिय भएका थिए ।
 महिला शिक्षक र छात्राहरु विचमा भएको मैत्रीपुर्ण  डोरी तान्ने खेलमा महिला शिक्षकहरु विजयी भएका छन । समापन समारोहमा सञ्चालक समितिका अध्यक्ष रामलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा विद्यालयका प्राचार्य बाबुराम खनालको अध्यक्षतामा भएको थियो । विजेताहरुलाई प्रमुख अतिथि र  प्राचार्यले पुरस्कार प्रदान गरेका थिए ।