झापाको चारपाने २ मा जन्मिएका एउटा नेपाली ठिटो खाडी मुलुक युएईमा समेत आफ्नो परिचयलाई स्थापित गराईसकेका ब्यत्ती हुन । कलाकारिता क्षेत्रमा चिरपरिचित ब्यत्ती किरण खतीवडा सग युएई बाट पत्रकार उमाकान्त पाण्डे गाउंले ले गरेको सङक्षीप्त भलाकुसारीको सम्पादित अशं :
१- तपाईंको परिचय के बाट सुरु गरौ ?
– म जहाँ रहेपनि हाम्रो कला र संस्कृति कहिले भुल्ने छैन । हाम्रो देश हाम्रो नेपाल , आफुले आफुलाई माया गर्ने ब्याक्ती,जे बोल्छु त्यो गरेर देखाउछु , आफ्नो कर्म मा बिस्वाश गर्छु , जे हुन्छ राम्रैको लागि हुन्छ , सत्य नै मेरो धर्म हो , म हु झापा चारपाने मा जन्म भै हाल सयुत्त अरब एमिरेट्स युएईको दुबइमा कलाकारिता सगै काम गर्दैछु ।
२- यसो हेर्दा लरक्क देखिने ठिटो खाडीमा कहिले देखी ?
– ह ह ह ह धन्यवाद उमाकान्त जी म दुबइ आएको २००७ जुन २८ मा , भ्रमणमा आएको थिए । अहिले ठ्याक्कै ६ वर्ष पो भएछ ।
३- तपाईं नेपालका चलचित्रहरुमा पनि अभिनय गरी सक्नु भएको छ ,अहिले खाडीमा किन आउनु भएको ?
– मेरो भाग्यमा नै खाडी मुलुकमा आएर बस्न लेखेको रहेछ । बिभिन्न काममा यतै ब्यस्त हुनु पर्ने रहेको छ भन्नु पर्यौ । विभिन्न देश विदेश का मानिसहरुसगं भेटेर सहकार्यमा काम गरी केही बढी पैसा कमाउन पनि पाए । हजुरहरुको मायालेनै होला सायद अहिले सम्म मलाई यही टिकाएको पनि ।
४- राजवंशी चलचित्र भनेको त नेपालको एउटा एतिहास हो,त्यो एतिहास लाई बचाई राख्न तपाईंको पहल कस्तो हुन्छ ?
-मैले यहा दुवई बाट पनि एउटा राजबंशी म्युजिक भिडियो एल्बम बजारमा ल्याएको छु । जुन राजबंशीको बिदेशमा निर्माण भएको पहिलो एल्बम थियो । जसमा राजबशीं कै एक्टर तथा मोडेल राजेशले उत्पादन गरेका थिए । र अब चाडै अर्को एउटा एल्बम रिलिज को तयारीमा छौ । जुन म्युजिक भिडियो लाई खगेन्द्र राजबंशीले उत्पादन गर्दै हुनुहुन्छ । यस् मा उहाले नै अभिनय गर्नु भएको छ । सबै भन्दा पहिला सम्पूर्ण राजबंशी दाजु भाइहरुलाई के भन्न चाहन्छु भने हजुरहरुले दिएको मायाले नै गर्दा आज म प्रवासमा रहेर पनि हजुरहरुको माया पाइराखेको छु । मेरो सफलतामा तपाईंहरुको ठुलो हात छ । आगामी दिनमा पनि यस् लाई निरन्तरता दिद्दै जाने छु । मैले निकट भबिश्यमा राजबंशी भाषाको फिल्म आफ्नै लगानीमा बनाउदै छु । यस् मा राजबंशीका नायक राजेश,खगेन्द्र राजबंशी,गोपाल राजबंशी लगायतले साथ दिनेछन । अन्लाईन राजबंशीको कार्यक्रमको समेत तयारी गर्दै छु । सबै बाट सहयोग मिल्ने छ भन्ने आशा पनि गरेको छु ।
५- चलचित्र अभिनय क्षेत्रमा लाग्नुको कारण ?
-मरेर जादा पनि अमंर अजर हुने सबै सग परिचित हुन पाउने , आफ्नो ठाउको पहिचान गराउन यसरी लागि परेको हुँ । जसमा आफ्नो रुची पनि बढी भएकोले हुन सक्छ ।
6)को बाट प्रेरित हुनु भएको ?
– म मेरो आमा बाट , मेरो आमाको सबैभन्दा ठुलो सपना थियो । आज म पुरा गर्दैछु हेरौ कहाँ सम्म सफल हुन्छु आमाको सपना साकार बनाउन ।
७-परिवार कलाकारिता तथा संचार मा तपाईंको आबद्दता लाई कसरी ब्यवस्थित गर्दै हुनुहुन्छ ?
– सबै भन्दा ठुलो मानिसमा इच्छाशक्ति हुन जरुरि छ , जहाँ इच्छा त्या उपाय भने झैँ म जे गर्छु सोचेर सम्झेर र बिचार गरेर मात्र गर्ने मेरो बानी छ । समय यस्तो चिज हो जसले हामी कसैलाई पनि पर्खदैन , यी सबैका लागि म समयको आसध्यै ख्याल गर्ने मेरो बानीले गर्दा होला म सबै योजना बद्द तरिकाले समय मिलाएको छु ।
८- तपाईंको परिवारको पृष्ठभूमी कस्तो हो ?
-म मध्यम परिवारको छोरा हु , हाम्रो पहाड घर भोजपुर हो मेरो बुवा आमा भारतको मेघालय शिलोग बाट कोइलाको बिजिनेस गरेर नेपाल फर्किनु भएको । अहिले १४ बर्ष भयो । मेरो एउटा बहिनी छन । उनी पनि पोखराको एउटा मोडल भेश कार्की सग विवाह बन्धनमा गासिएकी छन । मेरो बुवा आमा श्रीमती लगायत हामी ६ जनाको परिवार हो । राम्रो अनी मिलेको परिवार छ हाम्रो ।
९)तपाईं एउटा बैहाबिक जीवनमा बाधिनु भएको ब्याक्ती, त्यसैमा श्रीमती पनि मोडलिङ क्षेत्रमा भन्ने सुनिन्छ , खास के? कसो हो?
– मलाई पनि सबै मेरा साथी भाइ , परिवार हरुले यहिँ प्रस्न गर्नु हुन्छ । तर कुरा के हो भने मेरो श्रीमति मोडल होइन जुन बेला युएईको दुबइमा तारा विर पाण्डे “अजमान बाट” गीतको म्युजिक भिडियोको सुरुवात गरेको थिए । त्यस बेला मलाई यहाँको बारेमा जानकारी थिएन । मैले म्युजिक भिडियो बनाउनु पर्यो भनेर यहाँ भएका साथीभाईहरु हास्नु हुन्थ्यौ भनौ वा मेरो भनाइलाई मजाकमा लिनु हुन्थ्यौ । जागिर गरेर मान्छेलाई आराम गर्न गर्न समय पुग्दैन अभिनय गर्ने किरण जी ….भनेर गिज्याउथे । र पनि म म्युजिक भिडियो बनाउने तर्फ लागे । सबै काम सफल भए पनि महिला अभिनय गर्ने भेटिएन । मलाई यस्तो लाग्यौ कि महिला अभिनेत्री नभेटिने जसो लागे पछी त्यतीबेला मैले मेरो श्रीमती लाई अनुरोध गरे । त्यस पछी म्युजिक भिडियो छायाकन भयो । त्यसैमा मात्र मेरो श्रीमतीले अभिनय गरेकी हुन । अन्य होइन । यहीहो यथार्थ कुरो …..
१० दुबइमा ईन्स्पायर मिडिया पनि स्थापित छ , त्यसको बारे पनि केही बताउनु हुन्छ कि ?
– सुरु सुरुमा मैले सोचेको पनि थिएन कि म पनि आफ्नै उत्पादन कक्ष बनाउछु भनेर । रेला गर्दा गर्दै म्युजिक भिडियोहरुको माग बडे पछी सबैको सल्लाह अनुरुपमैले यो मिडिया हाउस स्थापना गरेको हुँ । यसै क्रममा दार्जिलिङका नीरज प्रधान ,नीलिमा प्रधान, अफ्रीका इथोपिया का गाब्राइल ,नेपालमा रहेका अमर श्रेष्ठ , भेस कार्की , बसन्त नेपाल , सन्तोष फुयाल , बाल कुमार नेपाली , रेनुका लुहागुन ,अनुक ठकुरी मल्ल , दिनेश मन्डु र युएई बाट आश्विन क्षेत्री , अमित बिस्ट ,उमाकान्त पाण्डे गाउंले, जिया खतिवडा, क्षितिज मैनाली , कमल श्रेष्ठ , ज्योति देवकोटा , किशन रंजित , यमन श्रेष्ठ लगायतहरुको सहयोगमा मैले २०१० मा इन्स्पायर मिडिया हाउस स्थापना गरेको हुँ । अहिले काम थेगी नसक्नु छ ।
११-आहिले सम्म इन्स्पायर मिडियाले कतिवटा मुजिक भिडियो बजारमा ल्यायो त किरण जी ?
– यदि नेपालमा नै बसेर काम गरेको हुन्थे भने त धेरै नै हुनेथिए होला । तर प्रवासमा बसेर काम गर्दै छु । आफ्नो जागिर गरेर मात्र रहेको समय नेपाली , बंगलादेश , अफ्रीका , राजबंशी र नेपाली गरेर युएई बाट २०१० यता १२ वटा प्रोजेक्टहरुमा मैले काम गरे। धेरै जसो बजारमा आइसकेका छन । केही आउन बाँकी छन । आगामी दिनहरुमा धेरै प्रोजेक्ट हरुमा काम गर्दैछु ।
१२- भने पछी तपाईंलाई लाहुरे कलाकार भन्ने कि घरेलु ?
– जे भन्दा पनि हुन्छ । म एउटा सबैको कलाकार हु ,माया गरिदिनुस् , म कुनै सुपर स्टार होईन । तल्लो स्तर बाट काम गर्दै आएको कलाकारलाई तपाईंहरुको माया नै अपार हुन्छ । सिक्दै छु । अझै सिक्न चाहन्छु त्यसका लागि तपाईंहरुको सहयोग सल्लाह सुझाब चाहिन्छ । जसले मलाई अघी बड्न सहयोग गर्ने छ ।
१३ – अन्त्यमा केहि भन्न चाहनु हुन्छ कि ? मैले सोध्न बाँकी कुनै बिषय छन भने …..?
– धन्यवाद उमाकान्त जी हजुरले मलाई तपाईं आफु समल्ग्न संचारमाध्यम मार्फत केही कुरा बोल्ने मौका दिनु भएकोमा। मैले मेरो भनाइ बाड्न पाएर धेरै खुशी छु । मलाई विश्वाश छ आगामी दिनहरुमा पनि यसै गरी भलाकुसारी गर्ने छौ भनेर । मलाई किरण खतिवडा भनेर चिन्नु हुने सम्पूर्ण आमा , बुवा , साथी भाइ , दिदि बहिनिमा मेरो साईनो अनुसारको सम्बोधन पुराइदिएर मेरो लागि प्रतिकृया दिनु होला है भन्ने आशा पनि राखेको छु ।
समय दिनु भएकोमा धेरै धेरै धन्यवाद …….
– फेरी फेरी पनि यस्तै समय सन्धर्भका कुरा गर्ने अवसर जुटोश तपाईंका पाइला सफल होउन शुभकामना ….