– कृष्ण खनाल
बुटवलमा जारी राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल रुपन्देहीको खेल सप्ताह अर्न्तगत आईतबार विभिन्न प्रतियोगीताहरु सम्पन्न भएका छन ।
भलिवल प्रतियोगीतामा एक्सीज उमावि, क्याब्रिज बोडिङ्ग स्कुल, सुनगाभा पब्लिक उमावि र न्युन नमुना बोडिङ्ग स्कुल क्वाटर फाईलनमा प्रवेश गरेका छन । आईबार भएको १ सय मिटर पुरुष दौड प्रतिष्पर्धामा चाईल्ड केयर बोडिङ्ग स्कुलका प्रदिप चौधरी प्रथम, देवदह वोडिङ्ग स्कुलका सागर चौधरी द्धितिय, सुनगाभा बोडिङ्ग स्कुलका दर्शन डालाले तृतिय स्थान प्राप्त गरेका छन ।
एक सय मिटिरको हिट राउण्डमा सनमोडल बोडिङ्ग स्कुलका शुशिल के.सी प्रथम, स्कलर्श होम बोर्डिङ्गका सन्तोष जयशवाल द्धितिय, एक्सीज बोर्डिङ्ग स्कुलका विज्ञान जि.सीले तृतिय भएका छन । एक सय मिटर दौड छात्रामा र्स्कर्लस होम बोर्डिङ्ग स्कुलकी सञ्जिता श्रेष्ठ प्रथम, देवदह वोर्डिङ्ग स्कुलकी सृष्टि पुन द्धितिय र सनमोर्डल स्कुलकी रिता गिरीले तृतिय स्थान प्राप्त गरेकी छिन । हिट चरणमा कुन्ती चौधरी चाईल्ड केयर बोर्डिङ्ग स्कुलकी प्रथम र पुणिर्मा/पुजा न्यु लुम्बिनी बोर्डिङ्ग स्कुल र न्यु नमुना बोडिङ्ग स्कुल द्धितिय र सुनगाभा बोडिङ्ग स्कुलकी संगीता खत्रीले तृतिय स्थान प्राप्त गरेकी छिन ।
लङ्ग जम्प छात्र फाईलनमा चाईल्ड केयर बोर्डिङ्ग स्कुलका प्रदिप चौधरी र देवदह बोर्डिङ्ग स्कुलका सुजन गुरुङ्ग प्रथम, न्यु नमुना बोर्डिङ्ग स्कुलका प्रकाश श्रेष्ठ द्धितिय भएका छन भने सिद्धिचिल्ड्रेन बोर्डिङ्ग स्कुलका नविन खड्काले तृतिय स्थान प्राप्त गरेका छन । लङ्ग जम्प छात्रामा न्यु लुम्बिनी बोर्डिङ्ग स्कुलकी पुणिर्मा गुरुङ्ग प्रथम, सुनगाभा पब्लीक उमाविकी संगिता खत्री द्धितिय जर चाईल्ड केयर बोर्डिङ्ग स्कुलकी कुन्ती चौधरीले तृतिय स्थान प्राप्त गरेका छन ।
त्यस्तै स्पुन रेश पुरुषमा मिसन माउण्ड बोर्डिङ्गका योगेश पाण्डे प्रथम, सिद्धि चिल्डे्रन बोर्डिङ्गका नविना खड्का द्धितिय, ग्लोरो बोर्डिङ्गका गणेश थापा र प्रवेश बस्नेत नमुना बोर्डिङ्गका तृतिय भएका छन भने सनमोडल बोर्डिङ्ग स्कुलका तिलक पुन सान्त्वना भएका छन । स्पुन रेश जुनियर गल्स तर्फग्लोरी बोर्डिङ्गकी विपना गहतराज, मिसन माउण्ड बोर्डिङ्गकी शिवानी सुभा, सनमोर्डन बोर्डिङ्गकी सगुन केसी क्रमस प्रथम, द्धितिय र तृतिय भएका छन ।
त्यस्तै छात्र तर्फग्लोरी बोर्डिङ्गका गणेश थापा प्रथम, नमुना बोर्डिङ्गका प्रवेश बस्नेत द्धितिय, सिद्धिचिल्डे्रन बोर्डिङ्ग नविन खड्का तृतिय भएका छन । जुनियर स्लो र्साईकल रेशमा क्याम्ब्रीज बोर्डिङ्गका अलिराज गुरुङ्ग प्रथम, देवदह बोडिङ्गका सागर कुमार चौधरी द्धितिय ग्लोरी बोर्डिङ्ग स्कुलका ब्रिज गुरुङ्ग तृतिय भएका छन । छात्रा तर्फदेवदह बोर्डिङ्ग स्कुलकी अञ्जना पौडेल प्रथम, चाईल्ड केयर बोर्डिङ्ग स्कुलकी अम्बु यादा द्धितिय र न्यु लुम्बिनी बोर्डिङ्गकी मनिका थापाले तृतिय स्थान प्राप्त गरेकी छिन ।
त्यस्तै आईतबार नै सम्पन्न भएको सिनिय तर्फो स्लो र्साईकल रेस प्रतियोगीतामा न्युन नमुना बोर्डिङ्गका लक्ष्मण रणपाल प्रथम, सिद्धिचिल्ड्रेनका निर्माल राना द्धितिय र स्कलर्स होमका रेडि्रन सुवा तृतिय भएका छन छात्रा तर्फसन मोर्डल बोर्डिङ्गकी पुनम थापा प्रथम र देवदह बोर्डिङ्ग स्कुलकी सुलोचना लामिछाने ले द्धितिय स्थान प्राप्त गरकी छिन । फागुन १ गते सम्म सञ्चालन हुने खेल सप्ताहमा ३८ विद्यालयहरुको सहभागीता रहेको छन । बुटवल १२ रामनगरमा स्थित मानव ज्ञान उच्च मावि रामनगरको खेल मैदानमा जारी छ ।