जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न

– पार्वता श्रेष्ठ
जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीको आयोजनामा एक दिने जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठि जिल्ला पशु सेवा कार्यालय सन्धिखर्कमा आज सम्पन्न भएको छ । विभिन्न गाविसका अगुवा किसान र जिल्ला स्थित सरोवकारवाल सँग अन्तरक्रिया गरि विगत वर्षो समिक्षा गर्दै आगामि वर्षो लागि व्यवस्थित रुपमा पशुपालन गर्ने तर्फयोजना निर्माण गर्ने कुरामा जोड दिएको छ ।
सो गोष्ठिमा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी गोविन्द्र मणि भर्ुर्तेलले बैदेशिक रोजगारमा जाने  पढेलेखेका युवाहरुले कृषि पेसालाई मर्यादित र सम्मानित गर्दै पशुपालनलाई व्यवसायिक रुपमा लिएर गर्ने हो भने विदेश जाने युवा जनशक्तिलाई स्वदेशमा राख्न सकिने कुरामा जोड दिनु भएको थियो यसै गरि स्थानिय विकास अधिकारी हेमराज भुसालले बाटोको विकास सगै कृषि र पशुपालनको विकासमा अझ बढि जोड दिनु पर्ने कुरा राख्नु भएको थियो । 
यसैगरि मन्तव्य राख्नेमा उघोग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल,कृषि विकास बैकका प्रवन्धक जनक राम पौडेल लगायतले मनतव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. अमृत कुमार मास्के,डा.नारायण घिमिरे, विष्णु पौडेलले गर्नु भएको थियो । 
गोष्ठिमा विभिन्न गाविसका बाख्रापालन,भैसिपालन,गाईपालन,बगुरपालन,घाँस खेती,मासु व्यवसायि, सम्बन्धित अगुवा किसानको सहभागि रहेको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 

अन्य समाचारहरु