अर्घाखाँची: मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी (एकता पक्षधर समूह) फुट्यो — शंकर शाहीको नेतृत्वमा सयौं कार्यकर्ता नयाँ यात्रातर्फ

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी (एकता पक्षधर समूह) फुट्यो — शंकर शाहीको नेतृत्वमा सयौं कार्यकर्ता नयाँ यात्रातर्फ

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी (एकता पक्षधर समूह) परित्याग गर्दै नयाँ राजनीतिक यात्रातर्फ

-अनिल नेपाली ,अर्घाखाँची डटकम।

अर्घाखाँची – अर्घाखाँचीमा ठूलो राजनीतिक हलचल मच्चिएको छ। मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गर्दै युवा नेता शंकर शाही सहित २१ जना केन्द्रीय सदस्य र सयौं कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

Nepal life insurance

यो प्रवेशलाई अर्घाखाँचीको राजनीतिक इतिहासकै ठूलो ‘टर्निङ प्वाइन्ट’का रूपमा हेरिएको छ। पोलिटब्युरो सदस्य भिम चापागाईंको नेतृत्वमा बालकृष्ण वलि, माहान चौधरी, जनवर्गीय संगठनका प्रमुखहरू लगायतका नेताहरू पनि नयाँ पार्टीमा समाहित भएका छन्।

शंकर शाही सानैदेखि कम्युनिष्ट आन्दोलन र समाज रूपान्तरणको अग्रपंक्तिमा रहेका निर्भीक नेता हुन्। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ का स्थायी बासिन्दा शाहीले गाउँमा रहेका सामन्ती शोषण, जातीय विभेद र सामाजिक अन्यायविरुद्ध लामो समयदेखि संघर्ष गर्दै आएका छन्।

शाहीले पार्टी प्रवेशपछि भने, “अबको यात्रा जनताको अधिकार र समाज रूपान्तरणको लागि समर्पित हुनेछ। हामी परिवर्तनका लागि होइन, स्थायी रूपान्तरणका लागि लड्दैछौं।”

images

नेपाली कम्युनिष्ट पार्टीले शाही र उनका सहकर्मीहरूको प्रवेशलाई ऐतिहासिक कदमका रूपमा स्वागत गर्दै देशव्यापी संगठन सुदृढीकरणको नयाँ अध्याय सुरु भएको घोषणा गरेको छ।

#शंकरशाही #नेपालीकम्युनिष्टपार्टी #अर्घाखाँची #राजनीतिकपरिवर्तन #समाजरूपान्तरण

images

 

Nepal life insuranceimagesimages

images