भारतको कुम्भ मेलामा एकैसाथ २ सय महिलाले सामूहिक रुपमा नागा सन्यास धारण गरेका छन् । बसन्त पञ्चमीको अवसर पारेर उनीहरुले सामुहिक रुपमा केश मुन्डन गरी पिण्ड दान समेत गरी सन्यास लिएका हुन् ।
भारतको प्रयागमा कुम्भ मेलाका बेला सन्यास धारण गर्ने महिलाहरु अब आफनो परिवारसंग नरही धार्मिक कार्यमा लाग्ने वचन सहित भजन किर्तन समेत गरेका छन् । केश मुन्डनमा कुनै आपत्ती नभएपनि बस्त्र धारण समेत त्याग गरेकोमा भने भारत सरकारले आपत्ती जनाएको छ ।
हिन्दु धर्मअनुसार महिलाहरुले सधैं बस्त्र धारण गर्नेपर्ने चलन रहेपनि २ सय महिलाहरुले एकै साथ नागा सन्यास लिएपछि सरकारले आपत्ती जनाएको हो । भारतमा लागेको कुम्भ मेलामा यसअघी एकै दिन ३ करोड धर्मावलम्बीहरुले स्नान गरेका थिए । भारतको ईलाहवादस्थित गंगा नदी किनारमा जारी कुम्भ मेला ५५ दिनसम्म लाग्ने छ । एजेन्सी