प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकार पनि नटिक्ने ज्योतिषीको भबीश्यवाणी

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिनेबारे मुख्य दलहरुले कसरत थालेको धेरै दिन भैसक्दा समेत यसको टुंगो लागेको छैन । रेग्मीलाई कुन हैसियत र प्रकृयाबाट सरकारको नेतृत्व दिने भन्ने विषयमा दलहरु अझै मोलतोल गर्दैछन् । त्यसमाथि रेग्मीलाई नेतृत्व दिन हुँदैन भन्ने मत पनि उत्तिकै बलियो छ ।
भूतले खाजा खानेबेला सरकारको नेतृत्व लिन तयार देखिएका प्रधानन्यायाधीश रेग्मी पनि उत्तिकै दोधारमा हुनुहुन्छ । दलहरुले खटाएको लिनु कि नलिनु भन्नेमा उहाँ आफैं अलमलमा हुनुहुन्छ । दलहरुले नसेकेको कुरा आफूले सक्छु भन्ने दरिलो विश्वास पनि उहाँले लिन सक्नुभएको छैन ।
दलभित्रका धेरै नेता र नागरिक समाजका केहीलाई जस्तै रेग्मीलाई पनि आफ्नो कुर्सीप्रति विश्वास नलागिरहेको बेला ज्योतिषीले पनि रेग्मीको साइत ठीक नभएको बताएका छन् । ज्योतिष डा. वासुदेव कृष्ण शास्त्रीका अनुसार प्रधानन्यायाधीश रेग्मीलाई सत्ता सम्हाल्न अहिलेको स्थिति अनुकूल छैन ।