काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव आज देखि काठमण्डौंमा शुरु हुँदैछ । नेपाल पर्यटनबोर्ड भृकुटीमण्डपमा हुने चलचित्र महोत्सवको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
चलचित्र महोत्सवमा नेपाल, भारत, अमेरिका, इजरायल, पाकिस्तान, बंगलादेश, श्रीलंका, इजिप्ट लगायत देशका २७ वटा चलचित्र तथा बृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।



