झापा । झापाको शान्तिनगरस्थित चियाबगानमा आज जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिया बगानका मजदुर ५५ बर्षिय गोपीलाल विश्वकर्मा छन् ।
बगानमा विषादी छर्किरहेका विश्वकर्मालाई जंगली हात्तीले आक्रमण गरेको बताइएको छ । तीन हात्ती बगानमा छिरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बगानमा काम गरिरहेका अन्य मजदुरहरु भने भागरे ज्यान जोगाउन सफल भएका थिए ।
RSS