नेपाली साहित्यका पुस्तकहरूलाई विश्वभर फैलाउने उद्देश्यले स्थापित इबुकभण्डारले आफ्नो पहिलो कोसेली स्वरुप प्रसिद्ध साहित्यकार सरुभक्तको मदन पुरस्कार प्राप्त बहुचर्चित उपन्यास “पागल-बस्ती”को विद्युतीय संस्करण (ebook) बजारमा ल्याएको छ।
यो किताब आइप्याड, आइफोन, आईपड टच आदिमा पढ्नको लागि एप्पलको इ-बुक भण्डारमा किन्न सकिन्छ भने कम्प्युटर, अन्ड्रोइड ट्याब्लेट र फोनमा पढ्नको लागि गुगलको इ-बुक पसलमा किन्न सकिने कुरा इबुकभण्डारले जनाएको छ ।
विश्वभर छरिएर रहेका नेपालीहरूका लागि नेपाली साहित्यका कृतिहरू पढ्ने समान अवसर प्राप्त होस् भन्ने उद्देश्यले प्रकाशित विद्युतीय संस्करणहरु सबै जसो कम्प्युटर, ट्याब्लेट र फोनहरुमा पढ्न सक्ने गरी बनाइएका छन् । विद्युतीय प्रकाशनका लागि प्राबिधिक कार्य क्यानाडाबाट इ-बुकभण्डारडटकम (ebookbhandar.com) ले गर्ने भए पनि यसको बिक्री वितरण गुगल र एप्पल जस्ता स्थापित किताब पसलहरुमार्फत हुने हुनाले पाठकहरु ढुक्क भएर यी किताबहरु किन्न सक्ने कुरा इ-बुक भण्डारका संस्थापक सदस्य क्यानाडाको क्याल्गरी निवासी डा ध्रुब त्रिपाठी बताउनुहुन्छ।
नेपाली साहित्यिक कृतिहरूको विद्युतीय प्रकाशनको आवश्यकतामाथि प्रकाश पार्दै डा त्रिपाठी थप्नुहुन्छ,