– राजेन्द्र आचार्य
चितवनको सौराहामा सम्पन्न १० औं नारायणी अंचलस्तरीय तेक्वान्दो प्रतियोगितामा ७ स्वर्ण सहित चितवन जिल्ला उपाधि जितेको छ ।
सौराहा तेक्वान्दो डोजाङ र सरित सौराहा तेक्वान्दो डोजाङले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको हो । यस्तै प्रतियोगितामा आयोजक टिम ए’ २ स्वर्ण्र्ााहत दोस्रो र बारा जिल्ला १ स्वर्ण्र्ााहत तेस्रो स्थान हासील गरेका छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा पुरुषतर्फचितवनका प्रसंग कायस्थ र महिलातर्फपनि चितवनकै पार्वती गुरुङ भएका छन् । प्रतियोगिताका स्वर्ण्र्ााक विजेताहरुमा पुरुष जुनियरतर्फचितवनका मोहम्मद सद्धाम ,चितवनका समित राउत, मकवानपुरका मनिष माझी, गोर्खाका अमृत तामाङ, आयोजक ए’का रोहित तामाङ र चितवनका प्रसंग कायस्थ रहेका छन् ।
यस्तै पुरुष सिनियरतर्फचितवनका शेखर उप्रेती र चितवनकै मनोज वि.क. ले प्रथम स्थान हासिल गरे । महिला जुनियरतर्फआयोजक ‘ए टिम की नमुना श्रेष्ठ पर्सर्ााजल्लाकी दिब्या तिवारी एवम् महिला सिनियरतर्फचितवनकी सुस्मिता थापा मगर, बाराकी मनिता भट्टर्राई र चितवनकी पार्वती गुरुङ ले स्वर्ण्र्ाादक प्राप्तर् गर्न सफल भएका थिए ।
साथै सोही अवसर पारेर सौराहा डोजाङबाट राष्टिय र अन्तराष्टियस्तर तेक्वान्दो खेलमा पदक विजेता मनोज सुनार, अरुण अधिकारी र हरि थापालाई सम्मान समेत गरीएको प्रतियोगिताका सह-संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
दर्ुइ दिनसम्म चलेको प्रतियोगितामा चितवनका तीन टिम, बारा पर्सर्ाारौतहट, मकवानपुर, गोरखा रुपन्देही र नवलपरासीका एक-एक टिम गरी जम्मा १ सय ८० जना खेलाडीले भाग लिएको सौराहा तेक्वान्दो डोजाङका सहायक प्रमुख मनोज सुनारले जानकारी दिए ।