गुल्मी । गुल्मीको सदरमुकाम तम्घासवाट नेटादर्लिगतर्फ जाँदै गरेको जीप गएराति सोही गाविसको वडा नम्बर ५ स्थित म्यालचौरमा दूर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेटा गाविसका डिलमती श्रीस र नरबहादुर भण्डारी रहेका छन् । दुर्घटनामा परी दश जना घाईते भएका छन् ।



