तेश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन राजधानीमा सम्पन्न

काठमाडौं  । २० वर्षे तामाङ विकास योजना पारित गर्दै तेश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन राजधानीमा सम्पन्न भएको छ । सम्मेलनले १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै विश्वभरका तामाङहरुको पूँजी एकीकृत गरी तामाङहरुको साझा हितमा लगानी गर्ने, तामाङ पहिचानका साझा कार्यक्रमहरु तय गर्ने र छरिएर रहेका तामाङहरुको संस्कृतिमा एकरुपता ल्याउने निर्णय पनि गरेको छ । 
सम्मेलनले नेपालका महेन्द्रजंग तामाङको अध्यक्षतामा ११ सदस्यीय अन्तर्राष्ट्रिय तामाङ परिषद् पनि गठन गरेको छ । 
तीन दिने सम्मेलनमा नेपाल लगायत, सार्क राष्ट्र र यूरोपका १८ देशका ८ सय प्रतिनिधिहरुको सहभागी थिए ।
RSS