काठमाडौं । बंगलादेश विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा विजय हासिल गर्दै श्रीलंकाले श्रृंखलामाथि कब्जा जमाएको छ । कोलम्बोमा भएको दोस्रो खेलमा ७ विकेटको विजय हासिल गर्दै श्रीलंकाले दुई खेलको श्रृंखला १-० ले जितेको हो । पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
कोलम्बोमा भएको खेलमा एक सय ६० रनको झिनो चुनौती श्रीलंकाले चौथो दिनको खेलमै ३ विकेट गुमाएर पूरा गरेको हो । पहिलो इनिङ्गमा २ सय ४० रनमा समेटिएको बंगलादेशले दोस्रो इनिङ्गमा २ सय ६५ रन जोडेको थियो ।
३ सय ४६ रन बनाएर पहिलो इनिङ्गमा श्रीलंकाले १ सय ६ रनको अग्रता लिएको थियो । पहिलो इनिङ्गमा ५ तथा दोस्रो इनिङ्गमा ७ विकेट लिएका रंगना हेराथ म्यान अफ द म्याच भएका छन् ।
दुई खेलमा ४ सय ४१ रन बनाएका श्रीलंकाका पूर्व कप्तान कुमार सांगाकारा म्यान अफ द सिरिज भएका छन् ।
श्रीलंका भ्रमणमा रहेको बंगलादेशले अब एक दिवसीय श्रृंखला खेल्नेछ । पहिलो खेल शनिबार हम्बान्टोटामा हुनेछ ।
RSS