हिन्दी चलचित्रका प्रख्यात नायक सञ्जय दत्तलाई पाँच बर्षको जेल सजायँ

हिन्दी चलचित्रका प्रख्यात नायक सञ्जय दत्तलाई पाँच बर्षको जेल सजायँ सुनाईएको छ ।

 

भारतको मुम्बईमा सन् १९९३ मा भएको श्रृखलाबद्ध बम बिस्फोट सम्बन्धी मुद्दामा भएको फैसला अनुसार भारतको सर्वोच्च अदालतले उनलाई पाँच बर्षको जेल सजायँ सुनाएको हो ।



 कुख्यात अपराधी समूहका नाइके दाउद इब्राहिम लगाएत अबु सलेमबाट ए के ४७ राइफल लिएको आरोप सञ्जय दत्तमाथि लागेको थियो । उक्त बमकाण्डबारे भारतीय सर्वोच्च अदालतमा सन् २००७ मा चलेको मुद्दामा सञ्जय दत्तलाई ६ बर्षको जेल सजायँ तोकेपछी उनले आत्मसमर्पण गरेका थिए । ३८ दिन कारागारमा रही जमानतमा जेलमुक्त भएका उनलाई बाँकी सजायका लागि कारागार बस्नु पर्ने फैसला भारतीय सर्वोच्च अदालतले सुनाएको हो । 



सन् १९९३ को २६ अप्रीलमा मुम्बईमा भएको श्रृंखलाबद्ध बम बिस्फोटमा २ सय १७ जनाको मृत्यु भएको थियो भने ७ सय १३ जना घाइते भएका थिए । उक्त बम काण्डका मुख्य अभियुक्त याकुब मेनन्लाई फाँसीको सजायँ सुनाएको थियो भने १० जनालाई जन्मकैदको सजायँ तोकेको थियो ।



agencies