मिस एयर होस्टेज २०१३ को उपाधि प्रियता मोक्तानलाई

काठमाडौं  । मिस एयर होस्टेज २०१३ को उपाधि प्रियता मोक्तानले जितेकी छिन् । १३ जना प्रतिस्पर्धीलाई उछिनेर उनले यो उपाधि जितेकी हुन् ।


सिजन मिडियाले आयोजना गरेको उक्त प्रतिस्पर्धामा फस्ट रनरअप एलिना लिम्बु र सेकेण्ड रनरअप प्रियंका खड्का घोषित भइन् ।


राष्ट्रिय नाचघरमा आज भएको उक्त प्रतिस्पर्धा हवाई क्षेत्रमा लाग्न चाहने युवतीहरुलाई प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाई छ ।


rss