हिन्दु धर्मशास्त्र र संस्कारविपरीत कर्मकाण्ड गराउने पुरोहित अव कारबाहीमा पर्ने/कर्मकाण्ड गर्न परीक्षा पास हुनुपर्ने पुरोहितहरुको आचारसंहिता

हिन्दु धर्मशास्त्र र संस्कारविपरीत कर्मकाण्ड गराउने पुरोहित अव कारबाहीमा पर्ने भएका छन् । धर्मशास्त्रको अपव्याख्या गरी व्यक्तिगत फाइदा लिने विकृति बढेपछि त्यसलाई रोक्न तयार पारिएको आचारसंहितामा संस्कारविपरीत पुरेत्याइँ गराउनेमाथि कारबाहीको व्यवस्था गरिएको छ ।
राष्ट्रिय धर्मसभा नेपालले कर्मकाण्ड आचारसंहिता लागू गर्न देशव्यापी बहस थालेको छ । 
राष्ट्रिय धर्मसभा नेपाल तथा नेपाल पञ्चांग निणर्ायक समितिका अध्यक्ष डा. माधव भट्टराईले उक्त आचारसंहिता चैत २३ र २४ गते काठमाण्डौंमा आयोजना हुने पण्डित सम्मेलनले पारित गरेपछि लागू हुने बताईएको छ । उनले भने