– किरण पाण्डे – त्रिवि मैदान
मंगलबारदेखि काठमाडौंमा जारी एसिसी ट्वान्टी-२० एलाईट कम क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको नेपाल र हङकङ बीच भएको खेलमा हङकङ ६ विकेटले विजयी भएको छ। १६ दशमवलव ४ ओभरमा हङकङले ११६ रन बनाउँदै विजय भएको हो ।
त्रिवि क्रिकेट मैदानका घरेलु दर्शक स्तब्ध पार्दै हङकङ विजयतर्फ उन्मुख हुँदा दर्शक निराश देखिन्थे । हङकङलाई नेपालले ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ।
ज्ञानेन्द्र मल्लको ३८ र प्रदीप ऐरीको २१ रनको सहयोगले नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।
नेपालका लागि ३९ बल खेल्दै ३ चौकाको मद्दतले ज्ञानेन्द्रले ३८ रनको योगदान दिएका थिए । ओपनर प्रदीपले ३० बल खेल्दै २१ रन बनाए । विनोद भण्डारी १५ रन बनाएर अजिज खानको बलमा अट्किन्सद्वारा क्याच भए।
हिजो माल्दिभ्ससँगको प्रदर्शन दोहोर्याउने आशामा दर्शकको उल्लेख्य उपस्थिति रहेको त्रिवि अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा नेपालका अन्य ब्याट्सम्यानहरु खासै जम्न नसक्दा हार ब्यहोर्नु परेको हो । ओपनर सुवास खकुरेल ६ रनको स्थितिमा तनवीर अफजलद्वारा एलबीडब्लु भईका थिए ।
कप्तान पारस खड्का ५ बल खेल्दै ४ रन बनाउँदा नदिम अहमदद्वारा बोल्ड भए। शरद भेषावकरले ७ बल खेल्दै ५ रन बनाएर आउट भए। बसन्त रेग्मी ५ रनमै सीमित भए भने हेलिकोप्टर सटका लागि परिचित मञ्जित श्रेष्ठले पनि चमत्कार देखाउन सकेनन्। ६ बलमा ७ रन बनाएर आउट भए।
नेपाली राष्ट्रिय टोलीका लोकप्रिय खेलाडी शक्ति गौचनले ८ बलमा ११ रनको योगदान दिएर रनआउट भए। प्रवेश शुल्क एक सय रुपैयाँ तिरेर घरेलु टोलीको खेल हेर्न त्रिवि मैदानमा दर्शक उपस्थित उल्लेख्य छ।
हङकङको क्रिकेट टोलीमा पाकिस्तान भारत तथा अन्य क्रिकेट महारथि मुलका खेलाडी धेरै थिए । नेपाली टोलीलाई दर्शकले हौस्याए पनि खेल आफ्नो पक्षमा आउन नसकेपछि दर्शकहरु निरास बनेका थिए ।
खेल हङकङको पक्षमा पुगेपछि त्रिवि मैदानमा रहेका दर्शकहरु निराश बनी फर्किएक थिए । हङकङका बलर सामु नेपाली ब्याट्सम्यान जम्न नसक्दा नेपालले यो जीत गुमाउनु परेको हो ।