एसिसी ट्वान्टी-२० कप क्रीकेट युएईलाई हराउदै नेपाल फाइनलमा/नेपाल ६ विकेटले विजयी- भोली फाईनलमा अफगानिस्तान सगं भिड्ने

नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । झण्डै २० हजार दर्शकको उपस्थितिमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले अफगानिस्तानसँगको उपाधी भिडन्त पक्का गरेको हो । फाइनल भिडन्त भोलि बुधबार हुनेछ ।
यूएईले जितका लागि प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य नेपालले अन्तिम ५ बल बांकी छँदा ४ विकेटको क्षतिमा भेट्टाएको हो । अन्तिम २ ओभरमा १८ रन चाहिएको अवस्थामा विनोद भण्डारीको २ छक्काको मदतमा १९ औं ओभरमा १६ रन जोडेपछि नेपाल जित नजिक पुगेको हो । अन्तिम ओभरको पहिलो बलमा कप्तान पारस खड्काले २ रन दिएपछि ५ बल अघि नै नेपाल विजयी भएको हो ।