जनज्योति उमाविको स्वर्णमहोत्सव शुरु

– प्रेमनारायण आचार्य



सन्धिखर्क , अर्घाखाँची  । जनज्योति उच्च माध्यामिक  विद्यालय सन्धिखर्क चुत्रावेसी अर्घाखाँचीको बुधवार देखि स्वर्ण महोत्सव शुरु भएको छ ।

 


 

बुधवार पहिलो दिनको  कार्यक्रम अनुसार विद्यायका विद्यार्थी, शिक्षक र  अभिभावकका वीच सयौंको संख्यामा नौमति बाजा सहित कलश यात्रा निकालीएको थियो । पञ्चेबाजाका साथ निकालिएको र्यालीले चुत्राबेसी र सन्धिखर्क बजार परिक्रमा गरेको थियो ।  

 


 

२१, २२, २३ गते गरि ३ तिन दिन सम्म चल्ले महोत्सवमा विभिन्न कार्यक्रमको आयोजना  गरिएको  छ । स्वर्णमहोत्सवको विहिबार कांग्रेस  पूर्व मन्त्री ढुण्डीराज शास्त्रीले उदघाटन गर्ने कार्यक्रम रहेको   छ ।

  


 

यस्तै विद्यालयको स्वर्ण स्मारक  मञ्चको उदघाटन एकिकृत नेकपा माओवादीका नेता तथा  पूर्व मन्त्री टोपवहादुर  रायमाझीले र आकुरा पत्रिकाको चौथो अंकको लोकार्पण साहित्यकार  तथा पूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रितले गर्ने कार्यक्रम रहेको विद्यालयले जनएको  छ  ।

 


 

विहिबारको कार्यक्रममा  सवै राजनीतिक दल, विभिन्न संघ संस्था विद्यार्थी अभिभावक तथा वजार  वासीको उपस्थिति रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज वन्जाडेले बताउनुभयो । 



 




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।







अन्य समाचारहरु