काठमाडौं । प्रत्येक बर्ष चैत्र कृष्ण औंशीका दिन मनाइने परम्परागत घोडेजात्रा काठमाडौ उपत्यकामा आज मनाईदैछ ।
प्रत्येक वर्ष चैत्रकृष्ण औंसीका दिन घोडे जात्रा मनाउने चलन रहेको छ । घोडे जात्राको अवसरमा नेपाली सेनाले टुंडिखेलमा विशेष समारोहको आयोजना गर्दैछ । सो समारोहमा राष्ट्रप्रमुख सहभागी हुने परम्परा छ । यस क्रममा सेनाले अश्वकला, मोटरसाईकल खेल, शारिरीक ब्यायाम र युद्धकलाको प्रदर्शन गर्ने गरेको छ ।
घोडेजात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्जजनिक विदा दिएको छ । किम्वदन्ती अनुसार परापूर्व कालमा गुरुमापा नाम गरेको राक्षसले काठमाडौंका केटाकेटीलाई साह्रै सताएपछि नगरवासीले राक्षसलाई पक्रेर टुंडिखेलको दक्षिणपूर्वमा गाडेका थिए । त्यही राक्षसको शक्ति फेरि नबढोस् भनेर प्रत्येक बर्ष आजकै दिन राक्षसको आत्मालाई क्षीण पार्न शक्तिको प्रतिक घोडालाई कुदाउने चलन चलाइएको किम्वदन्ती छ ।
आजै न्यूरोडमा रहेको घोडाका देवता रेवन्त महाराजको पनि पूजा गरिन्छ ।
RSS