बिस्केटजात्राको भैरवको रथ तानातानमा ३ जनाको मृत्यु

भक्तपुर – बिस्केटजात्राको पहिलो दिन बुधबार राति भैरवको रथ तानातानमा ३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । जात्रा ८ रात ९ दिनसम्म मनाइन्छ ।


महानरीय प्रहरी परिसर भक्तपुरका एसपी दिलिप चौधरीका अनुसार मृत्यु हुनेमा भक्तपुर १६ का १८ वर्षीय रुपेश सिलाकार, सोही वडाका २२ वर्षीय आशिष सुवाल र वडा न. २ का धीरेन्द्र सिल्पाकारको मृत्यु भएको छ ।


उनीहरुहको रथ तान्ने क्रममा रथबाट खसेर मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरुको मध्यपुर अस्पताल, सिनामंगलस्थित केएमसी र महराजगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ३ जना डिस्चार्ज भइसकेका छन् ।

 

RSS