कञ्चनपुर – नयाँ वर्ष मनाउनका लागि पश्चिमी सिमानाका गड्डा चौकी भएर भारतबाट घर फर्कनेको सङ्ख्यामा एक सातादेखि निकै वृद्धि भएको छ। गहुँबाली भित्राउने र नयाँ वर्ष मनाउनका लागि मजदुरी गर्न भारतका विभिन्न सहरमा गएका व्यक्ति फर्कने क्रम सुरु भएको हो।
इलाका प्रहरी कार्यालय गडडाचौकीका अनुसार दैनिक एक हजारभन्दा बढीको सङ्ख्यामा यस नाका भएर फर्कने क्रम सुरु भएको छ।
गहुँ खेतमा छरेपछि यहाँका विपन्न समुदायका व्यक्तिहरु चार महिनाका लागि मजदुरी र ज्यालादारीमा काम गर्नका लागि भारततर्फ जाने गर्दछन्।
नयाँ वर्षमा परिवारसँगै मिठो मसिनो खाने र सुखदुःख साटासाट गर्ने सुदूरपश्चिम क्षेत्रको चलन भएकाले चार महिनामा कमाएको पैसाबाट मजदुरीमा लागेका व्यक्तिहरुले परिवारका लागि लुगाफाटोको व्यवस्थाका साथै अन्नको जोहो गर्ने गरेका छन्।
वर्षमा एक दिन भए पनि परिवारसँग बसेर रमाइलो गर्नका लागि मजदुरी गरी घर फर्केको ग