भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा

भक्तपुर । भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा भइरहको छ । रोगब्याधी नलागोस्, बालीनाली सप्रियोस, खडेरी नपरोस् र सबै जनताले सुख पाउन् भन्ने प्रार्थनास्वरुप सहकालका देउताको पूजा गरेर सिन्दुर र जिब्रो छेड्ने जात्रा मनाउने गरिन्छ । 
जात्रामा यस वर्ष पनि बोडेका ३१ वर्षीय जुजुभाई बाँसश्रेष्ठले फलामको दश ईन्च लामो सियोले जिब्रो छेडाएका छन् । 
विगत तीन वर्षदेखि जिब्रो छेड्न थालेका वाँसश्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जीवन्त राख्न चौथो पटक जिब्रो छेडाएका हुन् । 
आजै मध्यपुर ठिमी नगरपालिका क्षेत्रका वासिन्दाले हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथः सिया जात्रा पनि मनाएका छन् ।
RSS