मिथिलाञ्चलको धनुषा, जलेश्वरलगायतका क्षेत्रमा चैते दशैं र चैते छठको रमझम शुरु

धनुषा ।  मिथिलाञ्चलको धनुषा, जलेश्वरलगायतका क्षेत्रमा चैते दशैं र चैते छठको रमझम शुरु भएको छ । जनकपुरको प्रसिद्ध सरोवर गंगासागर, अरगजापोखरी र धनुषसागर सहितका जलासयहरुमा चैती छठ मनाउन श्रद्धालु भक्तजनहरुको विहानैदेखि भिड लागेको छ । आज चैते छठसंगै दशैं पुजाका लागि बेलनौतीको कार्यक्रम गरिएको छ ।


बेलनौती गरेर ल्याइएको बेलबाट भोलि दुर्गाभवानीको नेत्रज्योती भरेपछि दशैं मेला शुरु हुनेछ । प्रतिमा बनाइएका स्थलहरुमा सप्तमीदेखि दशमीसम्म मेला लाग्नेछ । चैते दशैंका बेला राजदेवी, संसारीमाई, सोनामाई, सती सहितका शक्तिपिठहरुमा दर्शनार्थीको घुइंचो लाग्ने गर्दछ । यसै अवसरमा त्रिशुली देवीको मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।


चैत शुक्ल षष्ठी तिथिका दिन आज जलासयमा अस्ताउँदै गरेको सूर्य र षष्ठी देवीलाई प्रसाद अर्पण गरिन्छ भने भोलि सप्तमी तिथिका दिन प्रकृतिका देव सूर्यलाई ठेकुवा, भुसुवा, केरा, नारिवल सहितका प्रसाद अर्पण गरी चैती छठ सम्पन्न हुन्छ । करीब ३६ घण्टा सम्म निराहार रहि गरिने यस वर्तलाई कठोर निष्ठा आस्था र पवित्रताको पर्वको रुपमा लिईएको छ ।

 

rss