भारतमा जारी आई.पि.एल ट्वेन्टी ट्वेन्टी क्रिकेट अन्तर्गत खेलहरुमा रोयल च्यालेन्जर्स बैंग्लोर र किङ्स ईलेभन पञ्जाब विजयी

नयाँदिल्ली  । भारतमा जारी आई.पि.एल ट्वेन्टी ट्वेन्टी क्रिकेट अन्तर्गत हिजोका खेलहरुमा रोयल च्यालेन्जर्स बैंग्लोर र किङ्स ईलेभन पञ्जाब विजयी भएका छन् । खेलमा बैंग्लोरले दिल्ली डेर डेबिल्सलाई सुपर ओभरमा हराएको हो । पहिले व्याटीङ गरेको दिल्लीले २० ओभरमा १ सय ५२ रन बनायो । जवाफमा १ सय ५३ रनको लक्ष्य पछ्याएको बैंग्लोरले पनि १ सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
सुपर ओभरमा पहिले व्याटीङ गरेको बैंग्लोरले १५ रन बनायो । बैंग्लोरका एबी डे भिलायर्सले दुई छक्का प्रहार गरेका थिए । १६ रनको लक्ष्य पाएको दिल्लीले सुपर ओभरमा ११ रन जोड्दा दुई विकेट गुमाएपछि खेल बैंग्लोरले जितेको हो ।
यसअघि हिजै भएको पहिलो खेलमा किंग्स इलेवन पंजावले कोलकाता नाइट राइडर्सलाई चार रनले हरायो । पन्जावले दिएको १ सय ५८ रनको चुनौती पछ्याएको कोलकाताले १ सय ५३ रन मात्रै बनाउन सक्यो । खेल हारेपनि कोलकाताका सुनिल नरेनले भने यस संस्करणका लागि पहिलो ह्याट्रिक गर्न सफल भए । आईपिएल अन्तर्गत आज पुने वारीयर्स र सनराईजर्स हैदरावाद तथा राजस्थान रोयल्स र मुम्बई ईण्डीयन्स भिड्नेछन् ।
AGENCIES