काठमाडौं । बर्मुडामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत गएरातिको खेलमा नेपाल विजयी भएको छ । ह्यामिल्टनमा नेपालले ओमानलाई २८ रनले हराएको हो । यो जितपछि अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको नेपालको रेलिगेशनमा पर्ने सम्भावना टरेको छ ।
दुई हारपछि लगातार दुई खेल जितेको नेपालको डिभिजन टुमा उक्लने झिनो अंक गणितिय सम्भावना अझै पनि जीवितै छ । ओमानविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको नोक्सानीमा १ सय ६० रन बनायो ।
उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ रन बनाएको इनिङमा विनोद भण्डारीले ३२ रनको योगदान दिए । जवाफमा ओमान नेपाली बलरसामु टिक्न नसकेपछि ४६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३२ रनमा समेटियो । संजम रेग्मी र बसन्त रेग्मीले २