विराटनगर । सूर्तिजन्य र मादक पदार्थजन्य उत्पादनको प्रवद्र्धनका लागि होर्डिङ बोर्डमार्फत् विज्ञापन गर्न सरकारले रोक लगाएपनि विराटनगरमा भने सरकारी निर्णयको अवज्ञा गरिदै आएको छ ।
संचार मन्त्रालयले दुई वर्ष यता सूर्तिजन्य र मादक पदार्थजन्य उत्पादनको विज्ञापनमा पूर्ण रोक लगाएपनि विराटनगर क्षेत्रमा भने खुलेआम होर्डिग बोर्डमा यस्ता विज्ञापन गरिँदै आएको छ ।
सडक क्षेत्र आसपासमा उत्तेजक मेडलिग गराइएका विभिन्न कम्पनीका होर्डिग बोर्ड टाँगिएको र त्यस्ता दृष्यतिर आँखा डुलाउँदा दुर्घटना बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले जनाएको छ । नगर क्षेत्रमा अहिले ६ सयभन्दा बढीको संख्यामा होर्डिग बोर्ड छन् ।
जसमा ३० प्रतिशतभन्दा बढी त सूर्तिजन्य र मादक पदार्थकै रहेको विराटनगर उपमहानगरपालिकाले जनाएको छ ।
रासस