नयाँदिल्ली । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले आफू विरुद्धको फैसला पुनर्विचारका लागि गरेको अपील भारतको पुनरावेदन अदालतले खारेज गरिदिएको छ । सन् १९९२ मा भएको मुम्बई हमलाका दोषीहरुबाट हतियार लिएर अवैध रुपमा राखेको अभियोगमा सञ्जयलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो ।
यसअघि डेढ वर्ष जेलमा विताईसकेका उनले आफू विरुद्धको फैसला पुनर्विचार गर्न टाडा अदालतलमा अपील गरेका थिए । तर, अदालतले सञ्जय विरुद्धको पैmसला पुनर्विचार गर्न नमिल्ने निर्णय दिएको छ ।



