इङ्गलिस फुटबल क्लव म्यानचेष्टर सिटीका प्रशिक्षक रोबर्टो मान्सिनीलाई क्लवले बर्खास्त गरेको छ । सिजनको शुरुवातमा म्यानचेष्टर सिटीले तय गरेको कुनै पनि लक्ष्य प्रशिक्षक मान्सिनीले प्राप्त गर्न नसकेको भन्दै क्लवले यस्तो निर्णय गरेको जनाईएको छ ।
मान्सिनीको साढे तीन बर्षे कार्यकालमा सिटीले ४४ बर्षमा पहिलो पटक प्रिमियर लिग उपाधि र एक एफए कप जित्न सफल भएको थियो । उनको स्थानमा अब सहयाक ब्रायन किडले केही समयका लागि म्यानचेष्टर सिटीको कमान सम्हाल्ने छन् ।
Agencies