खाडीमुलुककी युवती सगरमाथाको सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने पहिलो साउदी महिला बन्न सफल

सगरमाथा चढ्ने पहिलो साउदी युवती बनिन् राहा

काठमाडौं । खाडीमुलुक साउदी अरबकी युवती राहा मुहारकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने पहिलो साउदी महिला बन्न सफल भएकी छिन् । २५ वर्षीया राहा अरब मुलुकबाट सगरमाथा आरोहण गर्ने सबैभन्दा कम उमेरकी महिला पनि बनेकी छन् ।

चार सदस्यीय आरोहण दलको साथमा सगरमाथा चढेकी राहाको समूहले नेपालमा शैक्षिक योजनाका लागि १० लाख डलर उठाउने उद्देश्य राखेको छ ।


महिलाहरु आधारभुत अधिकारबाट निकै पछाडि पारिएका साउदी अरबकी राहाको सगरमाथा आरोहणलाई अन्त्यन्त चुनौतिका रुपमा हेरिएको थियो । राहा हाल दुबईमा बस्दै आएकी छन् ।

 

Agencies