स्पेनिस क्लव रियाल मड्रिडका प्रशिक्षक होजे मौरिनहोले आगामी महिनाबाट क्लव छाड्ने पक्का भएको छ । एक कार्यक्रममा रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यस्तो बताएका हुन् । तीन बर्ष रियाल मड्रिडको प्रशिक्षक पदमा रहेका मौरिन्हो पछिल्लो समय विभिन्न कारणले गर्दा रियाल मड्रिडका समर्थकहरु माझ बदनाम बनेका छन् ।
जारी सिजन रियाल मड्रिडले स्पेनि फुटबल लिग लालिगाको उपाधि कट्टर प्रतिद्धन्दी बार्सिलोनासँग गुमायो भने च्याम्पियन्स लिगमा य सेमिफाइनलबाटै बाहिरियो । साथै केही दिनअघि सम्पन्न स्पेनिस घरेलु फुटबल प्रतियोगिता कोपा देल रेमा रियाल मड्रिड आफ्नै शहरको प्रतिद्धन्दी एटलेटिको मड्रिडसँग हारेपछि रियाल समर्थकहरु मझ मौरिन्हो अझ अलोक