आज बुद्ध पूर्णिमा, विश्वभर मनाइदै

काठमाडौं  । आज बुद्ध पूर्णिमा । आजभन्दा दुई हजार पाँच सय ५७ वर्ष अगाडि नेपालको लुम्बिनीमा जन्मनुभएका शान्तिका अग्रदूत भगवान गौतम बुद्धले मानव जगतको उद्धारका लागि दिनुभएको शान्ति सन्देशको सम्झना गर्दै आज यो दिवस विश्वभर मनाइदैछ । आमा मायादेवी तिलौराकोटबाट माइती देवदह जाँदा लुम्बिनी पुगेका बेला प्रसव वेदनाले च्यापी बुद्धको जन्म त्यही भएको विश्वास गरिन्छ ।


पौराणिक वृत्तान्त अनुसार बुद्ध जन्मने बित्तिकै उत्तरतर्फ सात पाइला हिंडेको भन्ने किंवदन्ती पनि छ । राजा शुद्धोदनका छोरा सिद्धार्थ कठोर तपस्यारत भई भिक्षुका रुपमा रहँदा गौतम भनिन्थे भने ज्ञान प्राप्त गरिसकेपछि भने बुद्ध कहलाइएका थिए ।


शाक्य वंशका सिद्धार्थले २९ वर्षका उमेरमा तिलौराकोट दरवार छाडी लामो तपस्यापछि बुद्धत्व प्राप्त गरेका थिए । पछिल्ला दिनमा बुद्धको जन्मस्थलका बारेमै भ्रामक प्रचार भएका सन्दर्भमा उनको जन्मस्थल लुम्बिनीलाई विश्वभरका वौद्ध धर्मावलम्बीको केन्द्र बनाउनु नेपाल सरकारको मूख्य चुनौति देखिएको छ ।


RSS