नयाँदिल्ली । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि मुम्बई इण्डियन्सले जितेको छ । कोलकातास्थित इदेन गार्डेन्समा सम्पन्न खेलमा चेन्नई सुपर किङ्गसलाई २३ रनले हराउँदै मुम्बईले पहिलो पटक आईपीएलको उपाधि चुमेको हो । खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेटको नोक्सानीमा १ सय ४८ रन बनायो ।
कुनै समय १६ रनमा तीन विकेट गुमाएको मुम्बईको इनिङ्गलाई काइरन पोलार्डले सम्हाले । बिस्फोटक ब्याटिङ्ग गरेका पोलार्डले ३२ बलमा अविजित ६० रन जोडे । चेन्नईका ड्वेन ब्राभोले ४ विकेट लिए । जवाफमा १ सय ४९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरको समाप्तीमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनाएपछि उ आईपीएलको उपाधिमाथि ह्याट्रिक गर्न असफल भएको हो ।



