काठमाडौं । नेपाली विद्धान्हरुले नेपाली संस्कृति, संघीयता, पहिचान र राष्ट्रियताको विषयमा गहन छलफल गरेका छन् ।
पंडित कुलचन्द्र गौतम स्मृति संस्थानले राजधानीमा आयोजना गरेको राष्ट्रिय संस्कृति सम्मेलनमा संस्कृतिबारे पुरुषोत्तम लोचन श्रेष्ठ र मोदनाथ प्रश्रित, संघीयताबारे डा. शास्त्रदत्त पन्त र डा. ज्ञानमणि नेपाल, नेपाली पहिचानबारे नारदमणी हार्तम्छाली र डा. विणा पौडेल र राष्ट्रियताबारे जीवननाथ धमला र जगमान गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट कार्यपत्र प्रस्तोता ४ जनालाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
rss