अर्घाखाँचीमा सबैले सबैलाई सोधे: तपाईको घरमा सुरक्षित चर्पी छ ?

– प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखाँची  । तपाईको घरमा सुरक्षित चर्पी छ ? जोखिमपूर्ण अवस्थाहरुमा साबुन पानीले हात धुने गर्नुभएको छ ? घर तथा कार्यालयबाट निस्कने फोहरलाई राम्ररी व्यवस्थापन गर्नुभएको छ ?

 



बुधबार दिनभर अर्घाखाँचीवासीले एकले अर्कालाई यिनै प्रश्न सोधे । अर्घाखाँची जिल्लामा रहेका सरकारी निकाय, जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुले समेत अर्घाखाँचीका विभिन्न गाउँ विकास समितिमा पुगी सबैलाई यस्तै प्रश्न गरे ।


जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरुले सदरमुकाम सन्धिखर्क र वरपरका बजार क्षेत्र तथा विद्यालयहरुमा पुगी सबैलाई यिनै प्रश्न गरे ।


चौधौं राष्ट्रिय सरसफाइ सप्ताह अन्तर्गत जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीले तय गरेका कार्यक्रममध्ये यो पहिलो दिनको कार्यक्रम थियो ।

अन्य समाचारहरु