दाङ । दाङको लक्ष्मीपुर गाउं विकास समिति वडा नम्बर १ मसोटमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँची जलुकेका ऋषिराम चौधरी र दाङ चैलाहीका रामबहादुर चौधरी छन् । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।
लमहीबाट घोराहीतर्फ जाँदै गरेको ट्याक्टर गएराति तीन बजे पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लमहीमा उपचार भईरहेको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।