गोबिन्द के.सी
दैलेख – दैलेखमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु भएका र घाइतेका आफन्तहरुले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन्।
उनीहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र घाइतेको उपचार निशुल्क हुनुपर्ने माग गर्दै राजमार्ग राजमार्ग अवरुद्ध गरेका हुन्। उनीहरुले राजमार्गका विभिन्न स्थानमा रुख ढालेर अवरोध गरेका छन्।
बन्द खुलाउन पीडितका आफन्त, मध्यपश्चिम बस व्यवसायी समिति र स्थानिय प्रशासनबीच वार्ता भइरहेको छ। हिजो भएको बस दुर्घटनामा ६ जनाको मृत्यू भएको थियो भने ४० जना घाइते भएका थिए।