अर्घाखाँचीमा “छोरी बलात्कार गर्नेलाई १६ वर्ष कैद “

अर्घाखाँची – सन्धिखर्क -जिल्ला अदालत अर्घाखाँचीले आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई १६ वर्ष ६ महिना कैदको फैसला गरेको छ । सिमलपानी गाविस ५ का जित बहादुर खाम्चालाई आफ्नै छोरीलाई जबरजस्ती गरेको अभियोगमा उक्त सजाँय सुनाइएको हो ।
गत वर्षको तीजमा आमा माइत गएको मौका छोपी उनले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेका थिए ।
जिल्ला अदालतका न्यायाधीश माधबेन्द्रराज रेग्मीको एकल इजलासले मुलुकी ऐनको जबरजस्ती करणी महल अन्तर्गत सजाँय सुनाइएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु