मिथिला क्षेत्रको महत्वपुर्ण लोकपर्व मधुश्रावणी शुरु

जनकपुर  । मिथिला क्षेत्रको महत्वपुर्ण लोकपर्व मधुश्रावणी आजदेखि शुरु भएको छ । मधुश्रावणी पर्वको परम्परा अनुसार नवविवाहीता महिलाहरुले व्रर्त बस्नुका साथै फुल टिप्न सखि सहेलीका साथ गित गाउंदै नजिकको विभिन्न बगैंचा एवं फुलवारीमा जाने प्रचलन छ ।

 

प्रत्येक बर्ष श्रावण कृष्ण पंचमी देखि श्रावण शुक्ल तृतियासम्म मनाइने मधुश्रावणी पर्वमा मुल रुपमा गौरी महादेव र नाग देउताको पुजा हुने गर्दछ । यस वाहेक मधुश्रावणी पर्वमा सूर्य, वैरसी, चनाई, कुशमावती, पिंगला, लिली आदी देवी देवताको पनि पुजा हुने गर्छ ।


पति को दिघार्यु र परिवारीक सुख र शान्तिको लागि गरिने यस पर्वमा विभिन्न महिलाहरुले कथा नसुने सम्म निराहार बस्ने गर्दछन् । मधुश्रावणी पुजामा दैनिक रुपमा धनिया, बेसार, धान, दुभी, सुपारी, अलैची, ल्वांग, हरिर, जाफर, वहेड र द्रव्य चढाउने परम्परा पनि मैथली समाजमा रहेको छ ।

 

RSS