ब्राजिलमा जारी नवौं कन्फेड्रेसन कप फुटबल खेलमा दुवै युरोपियन टोली स्पेन र इटाली विजयी

ब्राजिल, असार ३ । ब्राजिलमा जारी नवौं कन्फेड्रेसन कप फुटबल प्रतियोगिता अन्तर्गत गए रातिको खेलमा दुवै युरोपियन टोली स्पेन र इटाली विजयी भएका छन् ।

 

विश्वकप विजेता स्पेनले कोपा अमेरिकमा विजेता उरुग्वेलाई २-१ ले हराएको हो । स्पेनलाई जिताउन रोबर्टो सोल्डाडो र पेड्रो रडरिग्वेजले १-१ गोल गरे ।

 

उरुग्वेको लागि लुइस स्वारेजले एक गोल फर्काउ । यसैगरी, इटालीले मेक्सिकोमाथि २-१ को नै जित दर्ता ग-यो । इटालीका तर्पबाट मारियो बालोटेली र आन्द्रेस पिर्लोले एक गोल गरे भने मेक्सिकोका लागि हाभियर हर्नान्डेजले एक गोल फर्काए ।

 

प्रतियोगितामा आज टाहिटीले नाईजेरियाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने एक बजे शुरु हुनेछ ।

 

AGENCIES