– बिक्रम खड्का
बुटवल । बुटबलमा खोलाले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । वर्षाका कारण तिनाउ नदिमा आएको बाढीले बगाउँदा बुटवल वार्ड नं. ७ का हकिज अन्सारी मुल्लाहको मृत्यु भएको हो ।
तिनाउ नदिले माथिबाट काठ बगाएर ल्याएको अवस्थामा मिनचोकमा सोही काठ निकाल्नेक्रममा उनलाई नदीले बगाएको प्रहरीको अनुमान छ ।
पारी बुटवल जाने झोलुङ्गे पुल नजिकैबाट उनलाई बगाए र उद्दार गर्न प्रयास गर्दा गर्दै उनको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।