इजरायल । युरोपीयन अण्डर २१ फुटबल च्याम्पियनशीपको उपाधि स्पेनले जितेको छ । ईजरायलमा गएराती सम्पन्न फाईनल खेलमा ईटालीलाई ४-२ ले हराँउदै स्पेनले उपाधि जितेको हो ।
खेलमा स्पेनलाई विजयी गराउन वार्सीलोनाका खेलाडी थियागो अल्कान्ताराले ह्याट्रिक गरेका थिए भने ईस्कोले एक गोल थपेका थिए ।
खेलमा स्पेनले दुई वटा गोल पेनाल्टी मार्फत गरेको थियो ।
ईटालीको लागिभने सिरो ईमोबाईल र फाबियो बोरीनीले एक एक गोल गरेका थिए । जीतसँगै स्पेनले युरोपीयन अण्डर २१ फुटबलको साविक उपाधि रक्षा गरेको । अघिल्लो वर्ष सम्पन्न फाईनलमा स्विजरल्याण्डलाई २-० ले हराँउदै स्पेनले उपाधि जितेको थियो ।
Agencies