रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु

बिक्रम खड्का
बुटवल । रुपन्देहीको फर्साटिकरमा आज विहान भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तामनगर-मैनिहवा सडक खण्ड अन्तरगत फर्साटिकरमा विपरित दिशाबाट आउदै गरेको जिपसंग ठोक्किनबाट बच्न खोज्दा मोटरसाईकल सडकमा पल्टीएपछि मोटरसाईकलमा सवार स्थानिय ४० वषिर्य लक्ष्मि थारुको मृत्यु भएको हो ।
लु १५ प १७१९ नम्मरको मोटरसाइृकल विपरित दिशाबाट आउदै गरेको लु १ च ४२९९ नम्मरको पिकअप भ्यानसंग जोगिदा सडकमा पल्टीएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । दुर्घटनामा परि मोटरसाईकल चालक २२ बषिर्य लक्ष्मण थारु घाइृते भएका छन् । मृतक थारुको शब पोष्टमाटमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ ।