काठमाडौं । प्रहरीले होम मेड पेस्तोलसहित द्धारिका उप्रेतीलाई बुधबार पुतलीसडकबाट पक्राउ गरेको छ ।
बारा निवासी हाल घट्टेकुलोमा बस्दै आएका उप्रेतीलाई पुतलीसडकमा खानतलाशी गर्दा पेस्तोल र एक राउण्ड गोली समेत बरामद गरेको छ ।
त्यस्तै प्रहरीले लागू औषध हेरोइन ६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ ।
वनस्थलीबाट बाँकेका दिनेश थापा र सितापाइलाबाट विकास बुढाथोकीलाई पक्राउ गरिएको जनाइएको छ ।
RSS